नक्कली लाइसेन्स बनाएर ठगी गर्ने एकजना पोखरामा पक्राउ

 मंसिर २५, २०७५ मंगलबार १२:१९:४० | सुमन गुरुङ
unn.prixa.net

कास्की – फेसबुकको माध्यमबाट लाइसेन्स बनाइदिने प्रलोभन देखाइ ठगी गर्ने एकजना पोखराबाट पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै प्रत्येक व्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँसम्म असुलेको उजुरीको आधारमा पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले पक्रेको हो ।

उनले लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज अरु नै ब्यक्तिबाट पठाउने र आइएमईमार्फत रकम मगाउने गरेको गुनासो पीडितको छ । नक्कली फेसबुकबाट कुरा गरेर धेरैसँग पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको कोठाबाट २ जनाको नक्कली लाइसेन्ससमेत फेला परेको प्रहरीले जनाएको छ ।

उनले म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठलगायतसँग लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्स बनाएर ठगी गरेका थिए । 

उनले गण्डकी यातायात कार्यालय पोखरा लाइसेन्स लेखिएको फेसबुक ग्रुप तथा पेजबाट जोडिएर लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गरेको आरोप छ । चपाईंलाई मंगलबार मुद्धा चलाएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया