चलचित्र ‘यात्रा, अ म्युजिकल भ्लग’ को डबिङ अन्तिम चरणमा

 मंसिर २५, २०७५ मंगलबार १६:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

नायक सलिनमान बानियाँ आफ्नो चक्लेटी लुक्सका कारण फ्यान फलोइङमा निकै चर्चित छन् । 

उनलाई नायिका तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर २ मार्फत चलचित्र क्षेत्रमा डेब्यू गराएकी हुन् । यति बेला सलिनमान चलचित्र ‘यात्रा अ म्युजिकल  भ्लग’को डबिङमा व्यस्त छन् । 

रोचक कुरा के छ भने सलिनमानको चलचित्र ‘यात्रा अ म्युजिकल भ्ल्ग’ र झरना थापाको चलचित्र ए मेरो हजुर ३ एकै दिनबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ । 

सलिनको डबिङसँगै चलचित्रको काम अन्तिम चरणमा पुगेको छ । यस चलचित्रमा सलिन भ्लगरको भूमिकामा प्रस्तुत भएको बताइएको छ । चलचित्र ‘यात्रा अ म्युजिकल  भ्लग’ लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । निर्देशक सम्राटको यात्रा डेब्यू चलचित्र हो । 

चलचित्रमा निर्देशक सम्राट शाक्यकै कथा रहेको छ । यस चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । चलचित्रमा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व तथा बनिश शाहको सम्पादन रहेको छ ।

चलचित्रमा सलिनमानसँगै, सलोन बस्नेत, जान्हवी बस्नेत, धिरेन शाक्य, राजाराम पौडेल, जयनन्द लामा, देशभक्त खनाल, कमल मैनाली, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रज्वल भट्टराई, सौगात शर्मा लगायतको अभिनय रहेको छ । 

यस चलचित्रमा चीनका कलाकार जुन झाङ र केन्याका कलाकार बबीको पनि अभिनय रहेको बताइएको छ ।‘यात्रा अ म्युजिकल भ्लग’ कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया