र्इपीएल: भैरहवा ग्लाडियटर्सकाे लगातार दाेस्राे जित, चितवन टाइगर्सलाई १२ रनले जित्याे

 मंसिर २५, २०७५ मंगलबार १७:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एभरेष्ट प्रिमियर लिग अन्तर्गत भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेकाे छ ।

प्रतियोगितामा चितवनको याे लगातार तेस्रो हार हो भने भैरहवाको दोस्रो जित हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा एक सय ४३ बनायो । पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको भैरहवाको स्कोर ८० रन हुँदा तेस्रो विकेट गयो ।

पोखराविरुद्ध शतक प्रहार गरेका रवि इन्दर सिंह २५ रनमा आउट भए । त्यसको लगत्तै कप्तान शरद भेषावकर पनि एक रनमा रनआउट भएपछि भैरहवाले चौथो विकेट गुमायो ।

उसका लागि रायनले ३५ रन बनाए भने आरिफ शेखले १८ तथा पुनित मेहराले १२ रन जोडे । बलिङतर्फ सागर ढकालले तीन तथा जर्ज स्कटले दुई विकेट लिए ।

जवाफमा चितवनले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रनमात्र बनाउन सक्यो । ४९ रनमा पहिलो विकेट गुमाएको चितवनले ६४ रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो ।

उसका पल स्टर्लिङले ३८ रन बनाए भने कप्तान पृथु बास्कोटा तीन रनमा आउट हुन पुगे । यस्तै दिपेन्द्र ऐरी पनि तीन रनमा पेभेलियन फर्किए भने जर्ज सिम्पसन २६ रनमा आउट भए ।

टिमका लागि अरु खेलाडीमा दिलीप नाथ १२ र जर्ज स्कट २ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको चितवन अन्ततः एक सय २६ रनमा रोकियो ।

बलिङ तर्फ रवीइन्दर सिंह र शरद भेषवाकरले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया