सलाहको एक गोल जसले लिभरपुललाई अन्तिम १६ मा पुर्‍यायो

 मंसिर २६, २०७५ बुधबार ६:४५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

लिभरपुल युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । 

नापोलीसँग समूहको अन्तिम खेलमा एक शून्यले विजयी हुँदै लिभरपुल समूह सीबाट उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्‍याे। यो समूहबाट पेरीस  सेन्ट जर्मेन विजेताका रुपमा प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

नकआउट चरणमा जित्ने पर्ने दबावका साथ मैदानमा उत्रिएको लिभरपुलका लागि मोहम्मद सलाहको एक मात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि पनि नापोली खेलमा फर्कन निकै प्रयास गरे पनि सफल भएन र लिभरपुलले प्रिक्वाटरफाइनलमा स्थान बनायो ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया