र्इपीएल: भैरहवा ग्लाडियटर्सकाे तेस्राे लगातार जित, विराटनगरकाे पहिलाे हार

 मंसिर २६, २०७५ बुधबार १२:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा भैरहवाको यो लगातार तेस्रो जित हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १८ ओभर चार बलमा ९१ रनमा अलआउट भयो । २० रन बनाउँदा चार विकेट खेर फालेको विराटनगरले ६४ रनमा ६ विकेट गुमाएको थियो ।

उसका कप्तान पारस खड्का मात्र एक रनमा आउट भए भने अनिल शाह पनि चार रनमा पेभेलियन फर्किए । यस्तै रे भान देर मेर्वीले टिमका लागि २५ रन बनाए । सुनित महर्जनले १५ रन बनाउँदा करण केसीले १८ तथा हरि चौहानले १३ रनको योगदान गरे ।

बलिङमा मोहम्मद नाभिदले चार तथा अविनाश बोहरा र कृष्ण कार्कीले दुई-दुई विकेट लिए ।

जवाफमा भैरहवाले १९ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।  भैरहवाले २४ रन बनाउँदा दुई विकेट गुमाएको थियो । ओपनर प्रदिप ऐरी १० तथा कुशल मल्ल सात रनमा आउट भएका थिए ।

रवि इन्दर सिंह पनि १२, रायन टेन डोइच्टेले २० तथा शरद भेषवाकरले १६ रनको योगदान गरे । अन्तिम ओभरमा भैरहवालाई जित्न ६ रन आवश्यक थियो ।

त्याे ६ रन भैरहवाले दुई बल अगावै पूरा गर्यो । प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । बलिङमा बिराटनगका  रे भान देर मेर्वीले दुई तथा करण केसी, बसन्त रेग्मीले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया