जितु र केदार प्रभु बैंकको ब्राण्ड एमबेस्डर

 मंसिर २६, २०७५ बुधबार १४:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं -  हास्यकलाकारद्वय जितु नेपाल र केदारप्रसाद घिमिरे(माग्ने) प्रभु बैंकको ब्राण्ड एम्बेस्डर बनेका छन् ।

प्रभु बैंकले आउँदो एक वर्षका लागि उनीहरुलाई ब्राण्ड एमबेस्डर बनाएको हो । एक वर्षको प्रचार जिम्मा लिँदै जितु र केदारले मंगलबार मात्रै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार उनीहरुले एक वर्षसम्म यस बैंकले गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनेछन् भने विभिन्न कार्यक्रममार्फत यस बैंकको सेवा र सुविधाका बारेमा जानकारी दिनेछन् ।

जितु नेपाल गएको वर्ष मात्रै सानिमा लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर बनेका थिए । उनी सानिमामा भने दुई वर्षका लागि ब्राण्ड एम्बेस्डर बनेका हुन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया