रुपन्देहीमा छुट्टा छुट्टै बस दुर्घटना : एक जनाको मृत्यु, १२ जना घाइते

 जेठ ३१, २०७५ बिहिबार ११:२२:२२ | उज्यालो सहकर्मी

रुपनदेही – सैनामैना–९ बासगढीमा विहीबार बिहान छुट्टाछुट्टै बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ४२१ नम्बरको बसको ढोकाबाट खसेर बसका सहचालक दैलेख जिल्ला घर भएका २८ वर्षीय दानबहादुर कार्कीको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ढोकाबाट खसेका सहचालक कार्कीलाई ना ५ ख ३३८९ नम्बरको बसले ठक्कर दिँदा ज्यान गएको हो । 

यही ठाउँमा ना ७ ख ७५६८ नम्बरको बस र ना ५ ख ३३८९ नम्बरको बस एक आपसमा ठोक्किँदा १२ जना घाइते भएको छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।  

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया