नेप्सेमा सामान्य सुधार

 मंसिर २६, २०७५ बुधबार १६:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयरबजार परिसूचक नेप्से बुधबार सामान्य बढेको छ ।

नेप्से बुधबार शून्य दशमलव शून्य ८ अंकले बढेर ११ सय ४१ दशमलव १८ बिन्दुमा पुगेको छ । नेप्से मंगलबार ४ अंकले घटेको थियो । बुधबार जलविद्युत समूहको शेयर ३५ र निर्जिवन बीमा समूहको शेयर २३ अंकले बढेको छ । तर होटल समूहको शेयर भने ३७ अंकले घटेको छ ।

नेप्सेमा सामान्य सुधार आए पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ३८ करोड ३२ लाख रुपैयाँको कारोबार भएकोमा बुधबार २६ करोड ८८ लाख रुपैयाँ बराबरका ८ लाख ६५ हजार कित्ता शेयर किनबेच भए ।

बजार सामान्य सुधार भएसँगै मंगलबार सबैभन्दा धेरै सोल्टी होटलका शेयरधनीले ५८ प्रतिशत कमाएका छन । सिटिजन बैंकका शेयरधनीले भने बुधबार ४ प्रतिशत गुमाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया