‘हाम्रो काठमाडौं हामी बनाउछौँ’ नारासहित ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ सुरु

 मंसिर २६, २०७५ बुधबार १८:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – काठमाडौँ महानगरपालिकाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ सुरु गरेको छ ।

काठमाडौँमा एक कार्यक्रम गर्दै काठमाडौँ महानगरपालिकाले ‘हाम्रो काठमाडौँ हामी बनाउछौँ’ भन्ने नाराका साथ स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा सुरु गरेको हो । महानगरले स्वदेशमा बसी उद्यमशीलता प्रबद्र्धन गर्ने उद्देश्यले प्रतिस्पर्धा मार्फत सामूहिक प्लेटफर्म बनाउन लागिएको बताएको छ ।

यो प्रतिस्पर्धामा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषयमा प्रतिस्पर्धीले नवीन सोचसहितको प्रस्तुति पेश गर्नु पर्ने छ ।

प्रतिस्पर्धीहरुले बनाएको योजनाको विभिन्न ५ चरणमा परीक्षण मूल्यांकन हुने बताइएको छ । यस प्रतिस्पर्धामा भाग लिनेले पुस ३० गतेभित्र निवेदन दिनुपर्ने छ । प्रतियोगितामा विजेता ४ विधाका नवीन सोचहरुलाई जनही २ लाख, उप–विजेता ४ जनालाई जनही १ लाख, सबैभन्दा उत्कृष्ट भएको समूह विजेतालाई ५ लाख नगद पुरस्कार दिइने छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया