बेलायतकी प्रधानमन्त्री टरिजा मेको कुर्सी बच्यो

 मंसिर २७, २०७५ बिहिबार १२:५५:८ | एजेन्सी
unn.prixa.net

बेलायतकी प्रधानमन्त्री टरिजा मेको कुर्सी बचेको छ । बुधबार राति उनीविरुद्धको अविश्वास प्रस्तावमा भएको मतदानमा उनले विश्वासको मत जितेकी हु्न् । 

मतदानमा कन्जर्भेटिब पार्टीका जम्मा ३१७ सांसदमध्ये २०० जनाले मेको पक्षमा मत दिएका थिए । ११७ जना सांसद भने उनको विपक्षमा देखिए । 

योभन्दा पहिले उनकै पार्टीका ४८ जना सांसदले अविश्वास प्रस्तावमाथि मतदानको अपील गरेका थिए । यी सांसद गएको महिनामा युरोपेली संघसँग भएको ब्रेक्जिट सम्झौतापछि प्रधानमन्त्री मेसँग असन्तुष्ट थिए । 

संसदमा विश्वासको मत प्राप्त गरेपछि टरिजा मे डाउनिङ स्ट्रीटबाहिर आएर भनिन्, ‘समर्थनका लागि अ आभारी छु । मेरा थुप्रै सहयोगीले पनि मेरोविरुद्ध मत दिए र मैले उनीहरुको कुरा सुनेकी छु ।’
                                                                                         
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया