हिउँ पर्‍याे हुम्लामा : हवाई सेवा ठप्प, जनजीवन कष्टकर बन्दै

 मंसिर २७, २०७५ बिहिबार १३:४२:५४ | रमेश ऐडी

हुम्ला – हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हिमपात भएसँगै जिल्लाका हवाई सेवा बन्द भएका  छन् । हावाहुरीसहित हिमपात भएपछि  जनजीवन प्रभावित बन्दै गएको छ ।  बुधबार रातिबाट हिमपात सुरु भएपछि नाम्खा गाउँपालिकाका बस्तीहरु सम्पर्कविहीन बनेका छन् । 

उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार,  खगाँलगाँउ, हेप्का, टाङगिनलगायतका बस्तीहरु जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्कविहीन बनेका छन ।

यो वर्ष कात्तिक महिनाबाटै  हिमपात सुरु भएपछि अत्याधिक चिसो बढेको पाइएको छ । चिसोले जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालयदेखि निजी व्यवसाय गर्दै आएका होटेलहरु पनि प्रभावित बनेका छन् । यसैगरी नागरिक, अशक्त अपाङ्गहहरु बढी र विद्यालयको वार्षिक परीक्षा दिने विद्याथीहरुलाई समेत गाह्रो भएको छ ।
हिमपातले उत्तरी नाम्खा अधिकांश बस्तीहरुमा घरभन्दा बाहिर गएर गाईबस्तुलाई घाँस खुवाउन समस्या हुने गरेको स्थानीयहरुको छ । 

उत्तरी नाम्खा गाउँपालिका –६, का स्थानीयहरु बासिन्दाहरु अत्याधिक चिसो बढेसँगै जाडो छल्न  अधिकाश स्थानीय गाउँ छोडी शहरतिर झरिसकेका छन् । 

चीनको सीमासँग जोडिएको हिमालपारि लिमीको तिल, हल्जी, जाङ्ग गरी ३ वटा बस्तीबाट बालबालिकासहित शहर झरिसकेका छन् । हुम्लामा हिउँ नपर्दे गाउँ छोडेर शहर झरेका लिमीका स्थानीयहरु अर्को वर्ष अर्थात २०७६ सालको वैशाख महिनामा मात्रै घर फर्कन गर्छन् ।

हिमपातले हुम्ला जिल्लामा सुरु भएको वार्षिक परीक्षा दिने विद्यार्थीहरुले सास्ती खेप्न बाध्य छन् ।  

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया