बजेटले शीषर्कगत प्राथमिकता तथा आवश्यकतालाई समेट्न सकेन : सांसद अधिकारी

 जेठ ३१, २०७५ बिहिबार १४:१२:५९ | उज्यालो सहकर्मी

काठमाडाैं - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि विहीबार प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ । 

सत्ता पक्षकै सांसदले ती मन्त्रालय अन्तर्गत विनियोजित बजेटको आलोचना गरेका छन् ।

नेकपाका सांसद खगराज अधिकारीले अर्थमन्त्रीले बजेटले शिषर्कगत विनियोजन र प्राथमिकता तथा तात्कालीन आवश्यकतालाई समेट्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको विनियोजित बजेटले सरकारको नीतिलाई पच्छ्याउँदै ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो । 

उहाँले कर्णालीलाई प्राथमिकता दिँदै गर्दा बजेटले बर्दिया राष्ट्रिय निकुञ्जलाई उपेक्षा गरेको अनुभुति भएको बताउनुभयो । नेपालगञ्ज विमानस्थल सुधारका लागि पनि उहाँले पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि खर्च कटौतिको प्रस्ताव पेस गर्दै सांसद प्रमिला राईले दुई तिहाई बहुमतको आडमा सरकार संबैधानिक व्यवस्थालाई मिचेर अघि बढ्न लागेको भन्दै यसमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यसैगरी सांसद प्रकाश रसाईली स्नेहीले बजारमा अस्वभाविक मूल्यवृद्धि भएको र कालोबजारी फस्टाउदै गएको भन्दै सरकार सम्मृद्धिको नभई मूल्यवृद्धिको भएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया