प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ फास्ट ट्रयाकको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पार्नु भएको छ ।
फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने प्रष्टयाउनु भएको हो ।
बिहीबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले राज्यले तय गरेको मापदण्ड अनुसार नै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताउनुभयो । त्यहाँको जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ ।
गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्डमै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराउनुभयो ।