सलमानले डेब्यू गराएकी जरीन खानको कार दुर्घटना, १ जनाको मृत्यु

 मंसिर २७, २०७५ बिहिबार १९:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता नेता सलमान खानका साथ बलिउड डेब्यू गरेकी अभिनेत्री जरीन खान दुर्घटनामा परेकी छिन् । 

भारतको गोवामा जरीन खानको कारमा एक मोटर साइकल यात्री ठोक्किँदा दुर्घटना भएको हो । तीव्र गतिमा गुडिरहेको कारमा पछाडीबाट मोटर साइकल ठोक्किएको हो । 

दुर्घटनापछि जरीन र उनको टिमले घाइते मोटर साइकल चालकलाई अस्पताल पुर्‍याएका थिए । तर ती व्यक्तिको अस्पालमै मृत्यु भयो । खबरहरुका अनुसार ती मोटरसाइकल यात्रीले हेलमेट लगाएका थिएनन् । त्यसै कारण उनको टाउकोमा गहिरो चोट लागेकाले ज्यान गएको हो । 

दुर्घटनालगत्तै अस्पताल पुर्‍याएपछि डाक्टरहरुले उनको ज्यान बचाउन सकेनन् । अभिनेत्री जरीन खानलाई पनि चोट लागेको बताइएको छ । 

यो घटना डिसेम्बर १२ बुधबार साँझ ६ बजे घटेको हो । अहिले जरीन खानका ड्राइभरमाथि तीव्र गतिमा लापरवाही गरी गाडी चलाएको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ । 


अभिनेत्री जरीन खानले अभिनेता सलमान खानसँग बलिउड फिल्म ‘वीर’ मार्फत डेब्यु गरेकी थिइन् । 

जरीनको पहिलो फिल्म नै फ्लप भएको थियो भने त्यस पछि पनि उनले बलिउडमा चर्चा कमाउन सकेकी छैनन् । पछिल्लो पटक जरीन फिल्म ‘अक्सर २’ देखिएकी थिइन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया