न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने संचारगृहलार्इ कार्बाही गर्न सरकारसँग पत्रकार महासंघको माग

 मंसिर २७, २०७५ बिहिबार १९:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल पत्रकार महासंघले पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ । 

नेपाल पत्रकार महासंघले बुधबार संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कानुनी कार्वाही माग माग गरेको हो ।

सरकारी स्वामित्वमा रहेको गोरखा पत्र संस्थान र राष्ट्रिय समाचार समितिमा समेत पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएपछि त्यस्ता मिडिया हाउसमाथि कार्वाही गर्न सरकारसँग माग गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनु भयो ।

महासंघले मन्त्री बास्कोटासँग स्वतन्त्र र स्वायत्त राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न पनि गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघको ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री बास्कोटाले पत्रकारहरुको पछिल्लो पटक वृद्धि गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराउनु भएको थियो ।

महासंघले स्थानीय तहबाटै संचार माध्याम दर्ता, नविकरण, संचार माध्यमको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया