लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारबाही हुन्छ: मन्त्री बास्कोटा

 मंसिर २७, २०७५ बिहिबार १९:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारबाही हुने बताउनुभएको छ । 

गएकाे २४ गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार संञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजदूत शेर्पामाथि लागेका आरोप र सार्वजनिक टिप्पणीप्रति सरकार जानकार रहेको भन्दै आरोपहरु प्रमाणित भए कारबाही हुने बताउनुभएको हो ।

उहाँले बाहिर आएका विषयमा सत्यता भए-नभएकोबारे सम्बन्धित व्यक्तिबाट नै जानकारी लिनु राम्रो हुने भएकाले परराष्ट्रमन्त्रालयले राजदूत शेर्पालाई बोलाएको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री बास्कोटाले द एसिया प्यासिफिक समिटमा सरकारको उपस्थितिबारे बहस गर्नु आवश्यक नभएको टिप्पणी गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले कुनै विचार, धर्म वा नयाँ परिस्थितिको विश्लेषण नभएकाले आँधीको रुपमा बुझ्नुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आँधी कहिलेकाहीँ १२ बजे मध्यान्हमा कुनै सानो ठाउँमा यसो अलिकति भ्याकुम भो भने उठ्या तुफान जस्तो मात्रै हो । यो कुनै आँधी, सामुद्रिक आँधी, शक्तिशाली आँधी, १०-१२ रेक्टर स्केलको भूकम्पले पैदा गरेको सुनामी जस्तो होइन यो ।’

द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिलाई लिएर आलोचना हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया