ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट सामग्री निर्माता ट्विस्टरकाे प्रायोजन

 मंसिर २७, २०७५ बिहिबार २०:३६:४१ | रासस
unn.prixa.net

काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट सामग्री निर्माता कम्पनी ट्विस्टरले १६ लाख रूपैयाँ बराबरको प्रायोजन गरेको छ ।  

ट्विस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षको लागि करिब १६ लाख रुपैंया बराबरको प्रायोजन गर्ने भएकाे हो । ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयुर देसाईका बीच बिहीबार काठमाडौंमा सम्झौता सम्पन्न भयाे ।

ज्ञानेन्द्रले गएकाे शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगका खेलको क्रममा ट्विस्टरको ब्याट प्रयोग गर्न थाले पनि औपचारिक सम्झौता भने बिहीबार मात्र भएको हो । 

यो कम्पनीले यसअघि इण्डिया यू-१९ तथा प्रथम श्रेणीका खेलाडीलाई प्रायोजन गर्दै आएकोमा अन्तररास्ट्रिय खेलाडीलाई प्रायोजन गरेको भने पहिलो पटक हो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया