सप्तरीमा एक महिलाको शव फेला

 मंसिर २८, २०७५ शुक्रबार ७:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर ४ फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

कदमाहा चोकस्थित पूर्व पश्चिम राजमार्गबाट २ सय मिटर उत्तरतर्फ अन्दाजी २२ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको शव नजिक छेउमा गहुँमा छर्किने विषादी फेला परेको बताउनुभयो ।

त्यस्तै एउटा मोबाइलसमेत फेला परेको एसपी विष्टले जानकारी दिनुभयो ।  महिलाको मृत्यु वा हत्या के भएको हो भन्ने प्रस्ट नभएको तथा घटनाको थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिनुभयो । 

मृतक महिलाको शव पोष्टमार्टमसका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया