जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला

 मंसिर २८, २०७५ शुक्रबार ८:३३:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – भूमिकास्थान नगरपालिकामा जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला परेका छन् । 

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर –३ रातामाटाको पोखराचौरमा अन्दाजी ५५ वर्षीय स्थानीय प्रेमनारायण बन्जाडे मृत भेटिएका हुन् । 

बञ्जाडेले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटाकै एक मानसिक सन्तुलन गुमाएकी महिलालाइ जबर्जस्ती करणी गरेको भन्ने आरोप लागेको थियो । आरोपपछि उनी फरार रहेको प्रहरीले जनाएको छ ।

बन्जाडेविरुद्द केही महिना अगाडि मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त बन्जाडे प्रहरीको खोजीमा थिए ।

परिवारका अनुसार उनी मङ्सिर २६ गते मात्र घरमा आएका थिए । मङ्सिर २७ गते आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । मृतक बन्जाडेको दुई छोरी, एक छोरा र श्रीमती छन् ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया