दाङमा जुत्ता पसलमा अागलागी, ५ कराेडकाे क्षती भएकाे अनुमान

 मंसिर २८, २०७५ शुक्रबार ९:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ ।

आगलागी हुँदा जुत्ता चप्पलको होलसेल पसल पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ । 

उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी भयो भन्नेबारे जानकारी आएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया