यी हुन् सरकारले कामदार पठाउन रोक लगाएका युएई,कतार र साउदीका कम्पनी

 मंसिर २८, २०७५ शुक्रबार ११:४२:५२ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले सम्झौता अनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । 

मलेसियाका ५२, संयुक्त अरब इमिरेट्स युएइका र साउदी अरेबियाका पाँच, पाँच र कतारका तीन वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

कामदारलाई काम र समयमा तलब लगायत सुविधा नदिएको, श्रमिकलाई अलपत्र पारेको र समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो । 

रोक लगाएका युएई,कतार र साउदीका कम्पनी हेर्नुहाेस्

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • कृष्ण दत्त पन्त

    Dec. 14, 2018, 2:58 p.m.

    मलेसिया रोजगारी कहिले खुल्छ । सम्झौतापत्र मा हस्ताक्षर भैसक्दा पनि किन खुल्न ढिलाइ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया