ह्यारी केनकाे म्यानेजर अब उनका अाफ्नै दाइ चार्ली

 मंसिर २८, २०७५ शुक्रबार ११:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

टोटनह्यामका स्ट्राइकर ह्यारी केनले आफ्नो दाइ चार्लीलाई म्यानेजर नियुक्त गरेका छन् ।

आफ्नो फुटबल करियरसँग सुरुदेखि नै संलग्न रहँदै आएका चार्लीलाई केनले आधिकारिक रुपमा आफ्नो ब्यवस्थापक नियुक्त गरेका हुन् । चार्लीले यसै वर्ष स्थापना गरेको सीके ६६ नामक कम्पनीमार्फत केनलाई व्यवस्थापन गर्नेछन् ।

इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान समेत रहेका केनले यो कदमका कारण क्लब र देशमा आफ्नो प्रभाव बढ्ने आशा गरेका छन् । साथै यो कम्पनीे केनको प्रायोजन अवसरमा पनि क्रियाशिल रहनेछ । 

टोटनह्याममा थप ६ वर्षको सम्झौता नवीकरण गर्नका लागि चार्लीको कम्पनीले केही समयअघि देखि नै दौडधुप सुरु गरिसकेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया