नेपाली माउण्टेन बाइकरकाे श्रीलंकामा प्रतियाेगिताका क्रममा मृत्यु

 जेठ ३१, २०७५ बिहिबार १५:३३:४ | उज्यालो सहकर्मी

श्रीलंकामा भइरहेको अन्तरराष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन गएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको विहीबार बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको छ ।

५ स्टेजको साहसिक प्रतियोगिताकै क्रममा उनको नदीमा खसेर मृत्यु भएको स्थानीय डेलीमिरर डट एलके ले जनाएको छ ।

श्रीलंकाको कोलम्बोबाट २३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा डुबेका उनको शरीर प्रहरीले नजिकैको बाँधमा भेट्टाएको थियो ।

श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ साइकल रेसमा ३३ वर्षीय महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले पनि सहभागिता जनाएका थिए ।

श्रीलंकाको पहाडी क्षेत्रमा रहेको बर्षा वन, नदी पार गर्नुपर्ने सहासिक साइकल रेसका क्रममा खेलाडीले जंगली हात्ती, चितुवा, सर्प जस्ता जीवजन्तुको सम्भावित खतरा समेत रहेको बताइएको छ ।

 प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो ।

महर्जनको मृत्युपछि प्रतियोगिता रोकिएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया