सोनाक्षी सिन्हा अादीत्य रोय कपूरको प्रेममा, वरुण धवनले भाउजू भन्दै कमेन्ट गरे

 मंसिर २८, २०७५ शुक्रबार १३:१४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको केही समय अघि फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ प्रदर्शन भएको थियो । 

अहिले तिनै सोनाक्षी सिन्हा उनको प्रेम सम्बन्धका कारण चर्चामा आएकी छिन् । सोनाक्षी सिन्हाको नाम यस अघिसम्म सलमान खानका भाई सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग जोडेर खबरहरु आएका थिए । 

सोनाक्षी सिन्हा र बन्टी सचदेवाले आफूहरुको सम्बन्धबारेमा खुलेर केही नभने पनि धेरै जसो समय यी दुवैले सँगसँगै समय बिताउने गरेका थिए । तर केही दिन अघि यी दुवैबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो ।

अहिले अभिनेत्री सोनाक्षी सिन्हाको नाम अभिनेता अादीत्य रोय कपूरका साथ जोडेर खबरहरु आइरहेका छन् । 

केही दिनअघि अभिनेत्री आलिया भट्टले करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा यस शो मा अभिनेत्री सोनाक्षी सिन्हा र आदित्य रोय कपूरलाई बोलाइनु पर्छ भनेकी थिइन् । 

अहिले फेरि अर्का अभिनेता वरुण धवनले सोनाक्षी सिन्हाको इन्स्टाग्रामको एक तस्बिरमा भाउजू भन्दै कमेन्ट गरेर सोनाक्षी र आदित्य एकअर्कालाई डेट गरिरहेकोतर्फ इशारा गरेका छन् ।

सोनाक्षीले ‘चुप लाग’ भनेर जवाफ गरेकी छिन् । 

सोनाक्षी सिन्हा र आदित्य रोय कपूर करण जोहरको फिल्म ‘कलंक’ मा एकसाथ देखिनेछन् । आदित्य रोय कपूरले सन् २००९ मा फिल्म ‘लण्डन ड्रिम्स’ बाट बलिउडमा डेब्यु गरेका थिए भने उनले फिल्म ‘अशिकी २’ र ऐ जवानी हे दिवानी’ ‘फितुर’ जस्ता फिल्ममा काम गरिसकेका छन । 

अभिनेत्री सोनाक्षी सिन्हाले सन् २०१० मा सलमान खानको फिल्म ‘दबंग’ बाट बलिउड डेब्यू गरेकी हुन । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया