इञ्जिनियर्सको चुनावमा मतदान जारी

 मंसिर २८, २०७५ शुक्रबार १५:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल इञ्जिनियर्स एसोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

काठमाडौंको कमलादीमा हरेको प्रज्ञा भवनमा नेपाल इञ्जिनियर्स एशोसियशनको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । निर्वाचनमा नयाँ नेतृत्वका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इञ्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन ।

केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व त्रिरत्न बज्राचार्यले गर्नु भएको छ भने लोकतान्त्रिक समूहको नेतृत्व हिरेन्द्रमान प्रधानले गर्नु भएको छ । यसैबीच मतदानमा सहभागी भएका इञ्जिनियरहरुले पेशागत मर्यादा कायम राख्न सक्नेलाई एशोसियशनको नेतृत्वमा चयन गर्ने बताएका छन ।

उनीहरुले इञ्जिनियरहरुको पेशागत मर्यादा कायम राख्न सरकारसँग पनि माग गरेका छन । इञ्जिनियर छविराज पोखरेलले इञ्जिनियरहरुको पेशागत हकहितको सुरक्षा गर्न सक्नेलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले एशोसियशनले गतिशील नेतृत्व चाहेको पनि स्पष्ट पार्नुभयो ।

त्यसैगरी अर्का इञ्जिनियर हरिराम हुँमागाईले आम इञ्जिनियरहरुको पेशागत सुरक्षा दिन सक्ने नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले विदेशी इञ्जिनियरहरुलाई प्राथमिकता नदिन सरकारलाई पनि सचेत गराउनुभयो ।

२७ हजार सदस्य आवद्ध रहेको एशोसियशनको ३२ औं कार्यकारिणी समिति र सात वटा प्रदेशको प्रादेशिक कार्यकारिणी समिति गठनका लागि मतदान भइरहेको छ । एशोसियशनको केन्द्रीय कार्यकारिणी समितिमा १८ जना र प्रादेशिक कार्यकारिणी समितिमा १६÷१६ जनाको कार्य समिति हुनेछ ।

दुई वर्षे पदावधि रहेको एशोसियशनको नेतृत्व चयनका लागि जारी मतदान साँझ ५ सम्म हुनेछ । त्यसपछि मतदान सुरु हुने पनि एशोसियशनले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया