कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको साँडेपानीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
एकजना गम्भीर घाइते भएका छन् । से ६ प ५२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जीप एक आपसमा ठोक्किँदा गएराति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको बर्दगोरिया गाउँपालिका बौनियाका चक्र बमको ज्यानगएको छ ।
सोही ठाउँका भजन सुनार गम्भीर घाइते हुनुभएको छ । सुनारलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । घोडाघोडी नगरपालिकाका जीप चालक वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।