विधानको मस्यौदा र राजनीतिक प्रतिवेदन कांग्रेसले आज टुंगो लगाउने

 मंसिर २८, २०७५ शुक्रबार १५:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र विधानको मस्यौदा प्रतिवेदन शुक्रबार टुंगो लगाउँदैछ ।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले यसअघिको प्रस्ताव र त्यसमाथि केन्द्रीय सदस्यहरुले राखेका सुझाव समेत समेटेर अन्तिम रुप दिइने तयारी रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन यसअघि नै केन्द्रीय समितिले पारित गरेपनि राजनीतिक प्रतिवेदन र विधान मस्यौदा विवादका कारण टुंगो लाग्न सकेको छैन । भोलिदेखि काठमाडौंमा शुरु हुने महासमिति बैठकका सहभागीको नाम दर्तालगायतका काम चलिरहेको कार्यालयले जनाएको छ ।

आउँदो मंगलबारसम्म चल्ने बैठकमा सहभागी हुन कांग्रेसका महासमिति सदस्यहरु काठमाडौं आउने क्रम चलिरहेको छ । सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न भोलिदेखि कांग्रेसको महासमिति बैठक बस्न लागेको हो ।

नयाँ विधानलाई महासमितिका कम्तिमा दुई तिहाइ सदस्यले पारित गरेपछि मात्र पारित हुने व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया