घानाको एउटा विश्वविद्यालयबाट महात्मा गान्धीको प्रतिमा हटाइयो

 मंसिर २८, २०७५ शुक्रबार १५:५७:५६ | एजेन्सी
unn.prixa.net

घानाको राजधानी आक्रामा रहेको घाना विश्वविद्यालय परिसरमा लगाएइको भारतको स्वतन्त्रता आन्दोलनका नायक महात्मा गान्धीको प्रतिमा हटाइएको छ । 

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१६ मा घाना विश्वविद्यालयमा यो प्रतिमाको अनावरण गरेका थिए । तर प्रतिमा अनावरण भएसँगै विश्वविद्यालयका प्रवक्ताले यसलाई हटाउने अभियान चलाएका थिए । 

महात्मा गान्धी ‘नस्लभेदी’ भएको बताउँदै उनको ठाउँमा अफ्रिकी नायकलाई नै प्राथमिकता दिनु पर्ने माग उठेको थियो । 

विवाद बढ्दै गएपछि घाना सरकारले गान्धीको प्रतिमा अन्तै सार्ने बताएका थिए । तर त्यहाँका विद्यार्थीले बुधबार विश्वविद्यालय परिसरबाट प्रतिमा हटाएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया