पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

 बैशाख २६, २०७५ बुधबार ९:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २६ – पीएसजीले फ्रेन्च कपको उपाधि जितेको छ । फाइनलमा तेस्रो डिभिजनको लेसलाई दुई शून्यले हराउँदै पिएसजीले उपाधि हात पार्‍याे।

खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले २५ यार्डबाट प्रहार गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता दिएन । 

तर ७४ औ मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई शून्यमा पुर्याए । बाँकि समयमा लेस खेलमा फर्कन सकेन । हारपछि पनि लेसले खुशीका साथ प्रतियोगिता सकिएको बताएको छ । 

घरेलु लिगको तेस्रो डिभिजनको क्लबले विश्व चर्चित खेलाडीसँग खेल्न २१७ जना दर्शकबाट सुरु गरेको कपमा ७३ हजारको अगाडि खेल्नु आफैँमा गर्वको विषय रहेको बताएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया