ट्याक्टर दुर्घटनामा कामदारको मृत्यु

 मंसिर २८, २०७५ शुक्रबार १६:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटारमा ट्याक्टर दुर्घटना हुँदा एक कामदारको ज्यान गएको छ ।

शुक्रबार साविकको च्यास्मीटार–३ सार्पामा ढुंगा पुर्‍याएर च्यास्मीटार फर्कनेक्रममा बडहरेपानी भन्ने ठाउँमा मे १ त ६९३१ नम्बरको ट्याक्टर पल्टिँदा चितवनका सुमन वाग्लेको ज्यान गएको हो ।

खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम गरिरहेको लामा कन्ट्रक्सनका स्टोर कीपर रहेका वाग्लेको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।

ट्याक्टरका चाकल र सह–चाकले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया