एभरेष्ट प्रिमियर लिग: काठमाडाैंसँग ५ विकेटले हारेसँगै पाेखराकाे लिग यात्रा समाप्त

 मंसिर २८, २०७५ शुक्रबार १६:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको पोखराको यात्रा लिग चरणमा नै सकिएको छ । आज भएको खेलमा पोखरा काठमाडौंसँग ५ विकेटले पराजित भयो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनायो । उसका लागि ओपनर रिचार्ड लेभी ३८ रन, सुनील धमला मात्र नौ र कप्तान काहिल काइट्जेर ३७ रनमा आउट भए ।

विनोद भण्डारी १७ रनमा पेभिलियन फर्किएपछि पोखराले एक सय ३९ रनमा चौथो विकेट गुमायो । तर उसका मध्यक्रमका खेलाडी राजेश पुलामी र पल कोलिग्न लगातार रुपमा आउट भएपछि उसले एक सय ५९ रनमा ६ विकेट खेर फाल्यो ।

कोलिग्न ३७ रनमा आउट भए भने राजेश नौ रनमा पेभिलियन फर्किए । बलिङमा विक्रम भुषालले दुई विकेट लिए ।

जवाफमा काठमाडौले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका ओपनर अमित श्रेष्ठ ११ रनमा आउट भए भने रोहन मुस्तफा व्यक्तिगत ४० रनमा पेभिलियन फर्किएपछि काठमाडौले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो ।

काठमाडौंको स्कोर एक सय रन हुँदा ४ विकेट झरेको थियो । त्यसपछि आनन्द सुब्रमनियम २७ रनमा आउट भएपछि काठमाडौंले एक सय ५८ रनमा पाँचौ विकेट खेर फाल्यो । काठमाडौंको जितमा केभिन ओब्राइनले अविजित ५२ रन बनाए । बलिङमा बिक्रम सोबले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया