धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको छ ।
दुप्चेश्वर गाउँपालिकाको शिखरबेसीमा घेबा सकेर घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको मिनी ट्रक घ्याङडाँडाको कच्ची सडकबाट खसेर भएको दुर्घटनामा १६ जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
मिनिट्रकका ४० जनाभन्दा बढी सवार रहेको र १४ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ । भीरबाट तल खसेको मिनिट्रकमा सवार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।