खोटाङमा आप्रवासी हकहित संरक्षण केन्द्र गठन

 जेठ ३१, २०७५ बिहिबार १६:४२:२०
unn.prixa.net

खोटाङ – खोटाङमा आप्रवासी हकहित सरक्षण केन्द्र गठन भएको छ । रावाबेसी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा गाउँपालिका स्तरीय आप्रवासी कामदार हकहित सरक्षण केन्द्र गठन गरिएको हो । 

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत रावाबेसीमा १३ सदस्यीय र हलेसी तुवाचुङ नगरपालिकामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । 

वैदेशिक रोजगारलाई सुरक्षित  बनाउन र गाउँपालिकाबाट विदेश जाने तयारीमा रहेका व्यक्तिलाई सही सुचनाका लागि सूचना केन्द्रसम्म ल्याउन समिति गठन गरिएको सामाजिक परिचालक अन्जु राईले बताउनुभयो । अझै ३ वटा गाउँपालिकामा पनि केन्द्र गठन गरिने बालसेवा समाज नेपाल नेर्पा खोटाङले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया