पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
मिजो नेसनल फ्रन्ट(एमएनएफ)का नेता जोरामथांगाले शनिबार मिजोरमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।
पीटीआईका अनुसार मिजोरमका राज्यपाल के राजशेखरनले मिजोरमको राजधानी राजधानी ऐजवालमा आयोजित समारोहमा ८४ वर्षीय जोरामथांगालाई मिजो भाषामा पद तथा गोपनियताको सपथ गराएका हुन् ।
मिजोरममा भएको विधानसभा चुनावमा सत्तारुढ दल कांग्रेस पराजित भएको छ । उसले मात्रै केवल पाँच सिट मात्रै जितेको छ । पछिल्लो विधानसभा चुनावपछि उसले ३४ सिटका साथ सरकार बनाएको थियो ।
१९८६ पछि मिजोरममा कहिले कांग्रेस कहिले एमएनएफले सत्ता सम्हालिरहेका छन् । एमएनएफले यसपटक विधानसभा चुनावममा ४० सिटमध्ये २६ सिटमा जित हात पारेको छ ।