मछिन्द्रलाई १–० ले हराउँदै थ्रीस्टार ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो

 मंसिर २९, २०७५ शनिबार १७:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबारको खेलमा मछिन्द्रविरुद्ध १–० को जित निकाल्दै थ्रीस्टारले दोस्रो  स्थानको संकटासँग अंक बराबरी पनि गरेको हो । शीर्ष स्थानको मनाङको २४ अंक हुँदा दोस्रो स्थानमा रहेको थ्रीस्टार र तेस्रो स्थानको संकटाको समान २१ अंक रहेको छ । थ्रीस्टारले पहिलो हाफको ११ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरको थियो । 

मछिन्द्रको गल्तीमा थ्रीस्टारले पाएको पेनाल्टीलाई रञ्जित धिमालले गोलमा परिणत गरेका थिए ।  त्यसपछि पहिलो हाफ र दोस्रो हाफमा थप गोल नभएपछि सुरुमै गरेको गोलले थ्रीस्टारलाई स्पष्ट तीन अंक दिलाउन सफल भयो । 

शनिबारको खेलसँगै ए डिभिजन लिगमा आठौँ चरणका खेल पनि सम्पन्न भएका छन् । अब नवौँ चरणको खेल सोमबारदेखि सुरु हुने छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया