न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे महामन्त्री महतले पार्टीको बृहत् हितमा लाग्न उच्च नेतृत्वलाई आग्रह गर्नुभयो । ओहदाभन्दा कामलाई स्मरण गरिने भएकाले पदीय हैसियत कायमलाई प्राथमिकतामा नराख्न पनि उहाँले आग्रह गर्नुभयो । पार्टी एकताका लागि आफूले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि उहाँले जनाउनुभयो
महासमिति बैठक नीति निर्माण गर्ने वैधानिक थलो भएकाले वस्तुनिष्ठ समीक्षा गर्दै एकताका साथ भावी रणनीति तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांगठनिक अवस्थाको सुदृढीकरण गर्दै भविष्यका लागि उपयुक्त नीति बनाउदै निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारणको खोजी पनि महासमितिमा गरिनुपर्ने उहाँको तर्क थियो ।
जाडोको अवस्थामा रुखका पातहरु सुक्ने तर वृक्ष बाँचिरहने गरेको प्रसंग उल्लेख गर्दे उहाँले पात झर्दै गर्दा उसले सँगै आउँदो वसन्त ऋतुमा हराभरा हुने तरंग दिने गरेको भन्दै आगामी दिनमा यसैलाई बुझेर कांग्रेसले बीपीका सिद्धान्त र मान्यतालाई अघि बढाउँदै लैजाने बताउनुभयो ।