जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत भेटिए

 मंसिर २९, २०७५ शनिबार १८:८:२९ | उज्यालो सहकर्मी

खोटाङ – जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत भेटिएका परेका छन् । 

मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत भेटिएका परेका हुन् । 

मंसिर २६ गते बिहानदेखि सम्पर्कविहीन भएपछि खोजीका क्रममा राईको शव शनिबार दुम्लीकै च्याङ्सी खोलामा भेटिएकोे हो । तेश्रो साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष रहेका राईको शव सडकभन्दा ५० मिटरमाथि खोल्सीमा फेला परेको नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

रातको समयमा राँको बालेर हिँड्ने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको अनुमान गरिएको छ । मंसिर २५ गते राति २ बजे सुतेका राई भोलिपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजी थालिएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया