गौशाला–सम्सी सडकखण्डमा १० पाङ्ग्रे टिप्पर सञ्चालनमा रोक

 मंसिर २९, २०७५ शनिबार १९:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – महोत्तरीको बर्दिबास गौशाला हुँदै सम्सी सडकमा १० पाङ्ग्रे टिप्पर सञ्चालनमा रोक लगाइएको छ ।

केही दिन अगाडि सडक पीच भएकोले ठेकदारहरुले भारतबाट टिप्पर ल्याएर धमाधम खोलामा अवैध रुपले बालुवा गिट्टी उत्खनन तथा ओसारप्रसार गरेका छन् ।

टिप्परका कारण सडक फुटेर दुर्घटना हुने भएकाले टिप्पर सञ्चालनमा रोक लगाइएको वडा नंं २ का वडा सदस्य कुमरकान्त झाले जानकारी दिनुभयो । वडा सदस्य झाले ६ पाङ्ग्रे ट्रक चलाउनमा कुनै किसिमको रोक छैन । सडक फोड्ने गर्ने गरी नदीजन्य उत्खन्न पदार्थ ढ्वानी गर्नु आपत्तिजनक रहेको झाले जनाउनुभएको छ ।

नगरपालिकाले गिट्टी बालुवा निकासी रोक्नका लागि आदेश दिने हो भने आफूले स्काइभेटर, टिप्परलगायतका गाडी रोक्ने प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो । आफूले यस सम्बन्धमा नगरप्रमुखसँग समेत कुराकानी गरेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । 

सडकमा टिप्पर रोक्न गएका स्थानीयहरु लगभग २ घण्टासम्म सडकमा जाम गर्दै प्रदर्शन गरेपछि जाम खुलाउन आएका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा १० पाङ्ग्रे टिप्पर नचलाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार अब निर्णय नभएसम्म टिप्पर सञ्चालन हुन दिइने छैन ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया