शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
दाङ – बलात्कारको मुद्धामा दाङमा दुई जनालाई ८ र ५ वर्ष कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत दाङले १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–९, का २६ वर्षीय राजेश परियारलाई आठ वर्ष कैदको फैसला गरेको हो ।
न्यायाधीश हेमन्त रावलको इजलासले परियारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पीडितलाई ४० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन महिला बालबालिका कार्यालयलाई आदेश दिएको हो ।
पीडित बालिकालाई परियारले २०७४ फागुन २७ गते तुलसीपुरको एक होटेलमा लगेर बलात्कार गरी भारततर्फ लैजाने क्रममा फागुन २९ गते गिरफ्तार गरेको थियो ।
त्यस्तै ८ वर्षीया बालिकालाई बलात्कार कसुर ठहर गर्दै जिल्ला अदालतले बबई गाँउपालिका –६, का ६९ वर्षीय बुद्धिराम थापालाई पाँच वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।