सप्तरीका उज्यालो सहकर्मी यादव सम्मानित

 मंसिर २९, २०७५ शनिबार २०:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सबल नेपालको १३ औं वार्षिक साधारणसभामा उज्यालोका सप्तरी समाचारदाता शुभनारायण यादव सम्मानित हुनुभएको छ ।

युवा संचारकर्मी यादवलाई दोसल्ला, प्रशंसा पत्र र मायाको चिनोबाट सम्मान गरिएको हो । त्यस्तै संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको अनलाइन निबन्ध प्रतियोगिताका विजेता मनोहरकुमार पोखरेललाई समेत नगद ५ हजार १ रुपैयाँसहित सम्मान गरेको थियो ।

कार्यक्रममा सबल नेपालका उत्कृष्ट ९ कर्मचारीलाई ट्रफी तथा प्रमाण पत्रसहित सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया