कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष र वडा सदस्यबीच हात हालाहाल

 पुस १, २०७५ आइतबार १५:५४:१२ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष र वडा सदस्यबीच आइतबार बिहान हात हालाहाल भएको छ ।

बाटो निर्माणका लागि रकम निकासा गर्ने विषयलाई लिएर वडाध्यक्ष राजेश्वरप्रसाद केशरी र वडासदस्य लक्ष्मी साहबीच बिहान हात हालाहाल भएको स्थानीयवासीले बताएका छन ।

सडकमा मर्मत सम्भारको लागि पचास हजार रकम छुट्टयाइएकोमा वडाध्यक्ष केशरीले वडा कार्य समितिको निर्णय विपरीत झण्डै पाँच लाख रकम निकासा गरेपछि विवाद भई वडासदस्य साह र अध्यक्ष केशरीबीच गाली गलौज र हात हालाहाल भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

वडाध्यक्ष केशरीले बाटो मर्मत गरे वापत चार लाख १९ हजार रकम झिकेको वडासदस्य साहले बताउनुभयो । वडासदस्य साहले आफूले कलैया उपमहानगरपालिकाका इञ्जिनियर राजकुमार साहसँग बाटो मर्मतको लागत इस्टिमेटबारे जानकारी लिने क्रममा वडाध्यक्ष केशरीले अपशब्द प्रयोग गरेपछि विवाद भएको स्वीकार गर्नुभयो ।

उहाँले वडाध्यक्षकै गल्तीका कारण हात हालाहाल र गाली गलोजको अवस्था आएको आरोप लगाउनुभयो । वडा समितिको बोर्ड बैठकले बाटो मर्मत सम्भारका लागि ५० हजार विनियोजन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया