मनिषा कोइरालाको ‘हिल्ड’ केही दिनमै बजारमा

 पुस २, २०७५ सोमबार १७:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुस महिनामा बजारमा आउने भएको छ 

बलिउड अभिनेत्री कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउन लागेको जानकारी गराएकी छिन् । क्यान्सरविरुद्धको लडाईँबारे समावेश गरिएकोे पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले पुस्तक लेख्नु परेको अभिनेत्री कोइरालाको भनाई छ ।

पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारिरीक, मानसिक तथा संवेगात्मक लडाई लड्नु प¥यो भन्ने कुरा समेटिएको पनि अभिनेत्री कोइरालाले जानकारी दिइन् ।

यही पुसमा आयोजना हुने नेपाल साहित्य महोत्सवमा अभिनेत्री कोइरालाको पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । नेपालका लागि कोइरालाको पुस्तक फाइन प्रिन्टले बजारमा ल्याउन लागेको हो । 

भारतमा यो पुस्तक पेन्गुइन इन्डियाले प्रकाशन गरेको छ । अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन् ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया