विश्वकपको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित

 जेठ ३१, २०७५ बिहिबार २२:४४:२७ | उज्यालो सहकर्मी

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ ।  

खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई  ५-० काे जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो । 

रुसी खेलाडी डेनिस चेरिसेवले  इन्जुरी समयकाे पहिलाे मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए । 

खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका छन् । उनले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरेका हुन् । 

खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । अलेक्सान्द्र गोलोभिनले दिएको पासमा उनले हेडमार्फत गोल गरेका थिए । । 

त्यस्तै पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

9 Comments

  • Moktan Deepak

    June 15, 2018, 6:32 a.m.

    Full

  •  0 Reply
  • Arjun

    June 15, 2018, 2:16 a.m.

    😂😂😂

  •  0 Reply
  • बेघा

    June 15, 2018, 12:13 a.m.

    याे खेलमा साउदी ले रसियन टिम काे बिरूद्द जित हासिल गर्नु एउटा कल्पना मात्रै थियोे ।रसियन टिम पनि बिश्व कप काे दाबेदार टिम मा एक हाे

  •  0 Reply
  • Pradeep chaudhary

    June 14, 2018, 11:55 p.m.

    Good

  •  0 Reply
  • KaranBasnet

    June 14, 2018, 11:12 p.m.

    Nice

  •  0 Reply
  • KaranBasnet

    June 14, 2018, 11:12 p.m.

    Nice

  •  0 Reply
  • KaranBasnet

    June 14, 2018, 11:12 p.m.

    Nice

  •  0 Reply
  • KaranBasnet

    June 14, 2018, 11:11 p.m.

    Nice

  •  0 Reply
  • Anita rai

    June 14, 2018, 11:04 p.m.

    Rusie top

  •  0 Reply

तपाईको प्रतिक्रिया