बालक अपहरणको प्रयास गर्ने एकजना पक्राउ

 असार १, २०७५ शुक्रबार ६:५८:२९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – मध्य रातमा बुद्धभूमि नगरपालिका वडा नं. १० गगनी गाउँमा २ वर्षीय बालक अपरहण गर्न खोजेको भन्दै स्थानीयले एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । यसरी पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १ नवलपरासीका सुवास हरिजन रहेका छन् ।
 
स्थानीय राम औतार पासीको २ वर्षीय बालकलाई गाउँबाट जबरजस्ती बोकेर जैजाँदै गर्दा स्थानीयले पक्राउ गरेको बताएका छन् । उनलाई गाउँमै बाँधेर राखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गाउँलेको खबरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवा र ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट गएको प्रहरी टोलीले हरिजनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा थुनामा राखेको छ ।

बालकलाई बली दिन अपहरण गरी लैजान लागिएको गाउलेको आशंका छ । पक्राउ परेका हरिजन उपर थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयाे ।

पछिल्लो समय मानव बलि दिने घटनाहरु बढ्न थालेका कारण बालकलाई पनि बलि दिने नियतले अपहरण गरिएको हुनसक्ने गाउँलेले आशंका गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया