बस र माेटरसाइकल जुध्दा एकजनाको मृत्यु, २६ घाइते

 पुस ३, २०७५ मंगलबार १९:४६:८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासीको मध्यविन्दु नगरपालिका –१५, मा  मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

नारायणगढबाट दाङका लागि छुटेको ना ६ ख ९६ ७६ नम्बरको बसले बा ५१ प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी मध्यविन्दु नगरपालिका –११ की २८ वर्षीया चन्द्रकुमारी सोमै मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरकाे उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएपछि बसमा रहेका २५ जना घाइते भएका छन् भने मोटरसाइकलका चालक पनि घाइते भएका छन् । घाइतेहरुको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया