काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

 पुस ४, २०७५ बुधबार ७:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् । 

बुधबार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली ४ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो ।

अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया