चिनी उद्योग सञ्चालन भएन, उखु बारीमै सुक्ने चिन्ता

 पुस ४, २०७५ बुधबार १८:४४:५२ | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही –  चिनी उद्योग सञ्चनलन हुने  समय अनिश्चित भएपछि उखु किसान समस्यमा परेका छन् ।

पुसको दोस्रो साता बितिसक्दा समेत उद्योग सञ्चालन हुने कुनै छाटकाँट नदेखिएपछि किसान ‘कसरी उखु बिक्री गर्ने’ चिन्तामा रहेको सर्लाही हरिपुरका उखु किसान नानीबाबु  थापाले गुनासो गर्नुभयो ।

विगतका वर्षमा मंसिरको अन्तिम साताबाट क्रसिङ सुरु गर्ने सर्लाहीको इन्दुशंकर चिनी कारखाना र महोत्तरी एभरेस्ट सुगर मिलले गएको वर्षको मौज्दात चिनी बिक्री हुन बाँकी रहेकाले तत्कालै उखु क्रसिङ गर्न नसक्ने अडान राखेका छन ।

इन्दुशंकर चिनी कारखानासँग अझै एक लाख ३२ हजार  क्वीटल चिनी र  छुवा बिक्री हुन बाँकी रहेकाले क्रसिङ गर्न समस्या परेको कारखानाका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनकारी दिनुभयो ।

त्यस्तै महोत्तरीको एभरेष्ट सुगर मिलको गोदाममा १ लाख २२ हजार क्वीटलभन्दा बढी  चिनी बिक्री हुन बाँकी रहेको उद्योगका महाप्रबन्धक युगकिश्वर  चौरसियाले जनाकारी दिनुभयो ।

सर्लाहीको इन्दुशंकर चिनी कारखानाले  यो क्रसिङ सिजनको लागि पुस ९ गते दोगा पूजा गर्ने तयारी  गरेको छ । उद्योगले दोगा पूजा गरेपनि  उखुको मूल्यमा सहमति र गएको वर्षको  चिनी बिक्री नभएसम्म क्रसिङ  नगर्ने   जनाएको छ ।

चिनी कारखानाले यसरी उखु क्रसिङ तत्कालै नगर्ने बताएपछि किसानहरुमा  उखु खेतमा नै सुक्ने होकी भन्ने चिन्ता थपिएको छ । सर्लाहीमा गएको वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत उखु खेती बढी रहेको कारखानाको तथ्यांकमा देखिको छ । मंसिरमा उद्योग सञ्चालनमा आएको भए उखु किसानले खेतमा रहेको उखु बिक्री गरेर हिउँदे बाली गहुँ, चना मुसुरो, कमै जस्ता रबी बाली खेती गर्न सक्ने किसानहरूको भनाइ छ ।

उखुको मूल्य निर्धारण गर्न किसान अगुवा, सरकार र उद्योगबीच पटक–पटक  छलफल भए पनि अझै मूल्यको टुङ्गो लाग्न सकेको छैन । एकातिर  उखुको  मूल्य निर्धारण नहुनु र अर्कोतिर गएको वर्ष बिक्री गरेको उखुको पैसा नपाउँदा किसान दोहोरो  समस्यामा परेका छन ।

सर्लाहीको इन्दुशकर चिनी कारखाना र महोत्तरीको एभरेष्ट सुगर मिलले सरकारले किसानलाई अनुदान सहयोग बापतको ६५ रुपैयाँ २८ पैसा बाहेक अरु सबै रकम भुक्तानी गरेको छ ।

जिल्लाको अर्को अन्नपूर्ण सुगर मिलले किसानलाई अझै ३५ करोडभन्दा बढी  भुक्तानी गर्न बाँकी रहेको छ । यसरी लामो समयसम्म  किसानले उखुको भुक्तानी नपाउने  र यो सिजनको लागि अहिलेसम्म मूल्य निर्धारण र क्रसिङको तयारी  नहुँदा उखु उखु किसान निराश भएका छन् ।

यो क्रसिङ सिजनमा  उद्योगले ५ सय ४५ रुपैयाँमा उखु खरिद गर्नु पर्ने नेपाल उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । उहाँले उद्योगसग बाँकी रहेको चिनी  नेपाल सरकारको माध्यमबाट नेपाल साल्ट ट्रडिगङ सेन्टर, नेपाल खाद्य संस्थान र नेशनल ट्रडिङ सेन्टरले तत्कालै खरिद गरेर कारखानाको गोदाम खाली गरिदिनु पर्ने उहाको भनाई छ ।

चिनी कारखानाले यो क्रसिङ सिजनका लागि गएको वर्षको मूल्यमा उखु खरिद गर्न नसक्ने अडान राख्दै आएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया