शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

 असार १, २०७५ शुक्रबार १०:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७७ पैसा र विक्रिदर २८ रुपैयाँ ९३ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा र विक्रिदर २९ रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३८ पैसा र विक्रिदर २९ रुपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ २८ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ २७ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ४९ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ०८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया