न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
नवलपरासी – कावासोती –१४ मा बिहीबार बिहान भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा खसेको हो ।
बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको ज्यान गएको छ । घाइते मध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।