नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
गोरखा – नेपाली सेनाका गजेन्द्र राई यो वर्षको ‘म्याद अफ् द गोरखा’ बनेका छन् ।
दशौँ गोरखा महोत्सवका क्रममा भएको दौड प्रतियोगितामा पहिलो भएका राईले म्यान अफ् द गोरखा उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट गोरखा दरबारसम्म भएको ८ किलोमिटर दूरी राईले ३० मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । उपाधि विजेता राईलाई ऐतिहासिक पोशाकसहित घोडामा चढाएर गोरखा बजार परिक्रमा गराइएको थियो ।
त्यही दूरी ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेका नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो हुँदै १५ हजार रुपैया पुरस्कार प्राप्त गरे । दौडमा तेस्रो स्थान पनि नेपाली सेनाकै राजन खत्रीले प्राप्त गरे । खत्रीले निर्धारित दूरी ३१ मिनेट १७ सेकेण्डमा पार गर्दै १० हजार रुपैया पुरस्कार प्राप्त गरे ।
चौथो भएका नेपाली सेनाकै हरिकुमार रिमाल र पाँचौं स्थान प्राप्त सेनाकै कल्याण बानियाँले २५/२५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
दौड प्रतियोगितामा २ महिलासहित ३४ जनाको सहभागिता रहेको थियो । दौड पूरा गर्ने धाविका नेपाली सेनाकै रणसिं दल गणकी आशा तामाङलाई पनि प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको छ । गोरखा उद्योग वाणिज्य संघले गोरखा महोत्सवका क्रममा हरेक पटक म्यान अफ् द गोरखा दौड प्रतियोगिता गर्दै आएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।